
कृष्णसिंह परियार र सुशील कोइरालाले उनलाई लेखेको चिठी
४ असार, काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिए ।
उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो ।
उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् ।
प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4