
७ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाएका छन् ।
सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।
कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन् । तीन नेताबीच निधि निवास मध्य बानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको स्रोतले बताएको छ ।
‘महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्नेबारे कुराकानी भयो’ निधिनिकट स्रोतले भन्यो, ‘अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।’
प्रतिक्रिया 4