+
+

म्यानमारबाट यस वर्ष २ लाख ३० हजार विस्थापित : राष्ट्रसंघीय नियोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १८:२७

१० असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार नियोगले यस वर्ष म्यानमारमा अनुमानित २ लाख ३० हजार मानिस विस्थापित भएको बताएको छ । म्यानमारमा सैनिक कू पछि बढेको हिंसाका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित भएको नियोगको भनाइ छ । उनीहरुलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि नियोगले बताएको छ ।

राष्ट्रसंघको अफिस फर द कोर्डिनेसन ह्युमानिटेरियन अफ्यर्स (ओसीएचए)ले म्यानमारको पछिल्लो अवस्थाबारे जानकारी दिंदै म्यानमारमा हिंसा जारी रहेको र विस्थापित भएका मानिसहरु समस्यामा पर्न थालेको बताएको हो ।

म्यानमारमा गत फेब्रुअरीमा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिंदै कू गरेको थियो । त्यसयता म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ भने सेनाले उक्त आन्दोलनलाई व्यापक दमन गर्दै आएको छ । यो क्रममा अहिलेसम्म ८७० जनाको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?