Comments Add Comment

आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना 

१५ असार, बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) मा  ५५ लाख रुपैयाँ लागतमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ ।

रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । कोभिड १९ को तेस्रो भरियन्ट आउने चर्चा चलिरहेको र यसले बालबालिका सहित सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताए । प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लिला गिरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर रोटरीले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण र उदाहरणीय काम गरेको बताए ।

प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले अक्सिजन प्लान्ट नहुँदा अस्स्पताल र बिरामीका आफन्तले समेत निकै सास्ती खेप्नुपरेको उल्लेख गर्दै अक्सिजन प्लान्ट स्थापनाले अब बिरामीले सहजरुपमा उपचार पाउने बताए ।

क्लबले  लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेको क्लबका सचिव रोम शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment