
९ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल सहरस्थित हाइ प्रोफाइल क्षेत्रको सुरक्षा गर्नका लागि तालिबानले एउटा नयाँ सुरक्षा दस्ता बनाएको छ ।
केही चरमपन्थी समूहले काबुल सहरको व्यवस्थामाथि चेतावनी दिएपछि तालिबानले नयाँ सुरक्षा दस्ता बनाएको हो ।
तालिबानको अरबी भाषाको एक ट्वीटर एकाउन्टमार्फत नयाँ सुरक्षा दस्ता ‘फतेह फोर्स’ बनाइएको जानकारी दिइएको हो । उक्त ट्वीटमा लेखिएको छ, ‘फतेह वाक अर्थात विजेता फोर्स । यो सुरक्षा फोर्सले काबुल सहरमा निगरानी गर्न सुरु गरिसकेको छ ।’
पोस्ट गरिएको उक्त तस्वीरमा हतियार बोकेका सैनिकहरु आफ्नो सुरक्षा बहानका साथ देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4