+
+

दाङमा बाढीले बगाउँदा आमा-छोराको मृत्यु

रासस रासस
२०७८ साउन २५ गते १९:३९
प्रतीकात्मक तस्वीर

२५ साउन, दाङ । दाङको ग्वार खोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुवै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?