
प्रतीकात्मक तस्वीर
१४ कात्तिक, गुल्मी । गुल्मीमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका–८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आइतबार बिहान सत्यवती गाउँपालिका–१ रुद्राबेनीमा मलामी गएको बेला कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4