+
+

तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुनु आवश्यक छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १७:४४
फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन निर्देशन दिएका छन् ।

मंगलबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन आवश्यक रहेको बताएका हुन् ।

आफूले पहिले पनि आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको भन्दै उनले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको बताए । उनले भने,  ‘मैले त पहिले पनि घाँटी हेरेरमात्र हाड निल्नु भनेको थिएँ । तर विभिन्न कारणले भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?