
२८ कात्तिक, काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश संशोधन भएको छ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
बैंक सञ्चालक समितिको निर्णय पछि लाभांश वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गराउनु पर्ने हुन्छ । राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएपछि बैंकले संशोधन गरेको छ ।
राष्ट्र बैंकको निर्देशन पछि अब लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अब साधारणसभबाट पारित भएपछि शेयरधनीहरुले यो लाभांश पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4