
२८ कात्तिक, काठमाडौं । पुस पहिलो साता चितवनको भरतपुरमा अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुनेभएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
उद्यशिलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न प्रदर्शनी फलदायी हुने चितवन उद्योग संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले बताए । प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २०० बढी प्रविधिहरुको प्रदर्शनीका स्टल रहने न्यौपानेले जानकारी दिए । नेपाली उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरणका लागि प्रदर्शनी उपयुक्त हुने आयोजकको विश्वास छ ।
प्रदर्शनीमा भारतीय बजारमा ख्याति कमाएका युरोपेली र चिनियाँ कम्पनीका औद्यौगिक प्रविधिहरु प्रर्दशनीमा भित्र्याइने आयोजकको दावी छ ।
औद्योगिक, प्याकेजिङ, पूर्वाधार, कृषि जस्ता क्षेत्रका प्रविधि प्रदर्शनीमा बढी प्राथमिकतामा रहेको आयोजकले बताएका छन् । प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुनेछ । झण्डै २ करोड लागतमा हुन गइरहेको प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।
प्रतिक्रिया 4