
३० कात्तिक, काठमाडौं । ‘क’ वर्गका बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन पछि बैंकहरुले आफूखुसी रुपमा होइन बैंकिङ क्षेत्रको औसत हेरेर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक नयाँ ब्याजदर अनुसार २४ बैंकहरुले निक्षेपमा अधिकतम् १०.०५ प्रतिशत दिने बताएका छन् । सबै बैंकहरुले राष्ट्र बैंकको निर्देशन पालना गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी देवकुमार ढकालले बताए ।
अघिल्लो महिनाको ब्याजदमा १० प्रतिशत भन्दा धेरै बढाउन नपाउने राष्ट्र बैंकको ब्यावस्था छ । माथिल्लो ब्याजदरको सीमा औसतमा अघिल्लो महिना ९.१३ प्रतिशत थियो । यसलाई आधार मानेर पनि २४ बैंकहरुले अहिले १०.०५ प्रतिशत निक्षेपमा ब्याजदर दिने उल्लेख गरेका हुन् ।
२४ बैंक बाहेकका राष्ट्रिय वाणिज्य बैंक, मेगा बैंक नेपाल र स्टाण्डर्ड चार्टर्ड बैंकले भने तुलनात्मक रुपमा कम ब्याजदर दिने उल्लेख गरेका छन् । सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकले ९ दशमलव ११ प्रतिशत दिन उल्लेख गरेको छ । यसैगरी मेगा र स्टाण्डर्ड चार्टर्ड बैंकले क्रमशः ९.५० प्रतिशत र ९.९६ प्रतिशत ब्याज दिने उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4