+
+

डाक्टरले गाईको गोबर खाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १२:४८

गाईको पिसाब तथा गोबर मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको भनेर आयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा भन्ने गरिएको त सुनिएकै हो । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर छिमेकी मुलुक भारतका एकजना चिकित्सकले भने गाईको गोबर नै खाएका छन् ।

गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको गोबर खाएको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

स्वास्थ्यलाई फाइदा गर्दछ भनेर गोबर खाने ती डाक्टरको नाम मनोज मित्तल भएको बताइएको छ । गौमूत्र तथा गाईको गोबरको सेवनले विभिन्न गम्भीर रोगबाट छुटकारा मिल्ने दाबी उनको छ ।

सोसल मिडियामा भाइरल उक्त भिडियोमा डाक्टर मित्तलले क्यामराकै सामुन्नेमा जमीनबाट गाईको गोबर उठाएर क्वाप्पै खाएको देख्न सकिन्छ । गोबर खाने बेला उनले गोबरका फाइदाका बारमा बखान गरेका छन् । उनी भन्छन्, ‘गाईबाट पञ्चगव्य प्राप्त हुन्छ, जसको एक/एक हिस्सा मनुष्यको लागि फाइदाजनक छ । गाईको गोबर खानाले हाम्रो तनमन शुद्ध हुन्छ । एकपटक मात्र भए पनि गाईको गोबर खानाले हाम्रो आत्मा पवित्र हुन्छ ।’

चिकित्सा डाक्टर भन्नेले नै गाईको गोबरलाई औषधि दाबी गर्दै खाएको उक्त भिडियोका बारेमा सोसल मिडियामा विभिन्न टिकाटिप्पणी भएका छन् । मानिसहरूले उनको त्यस्तो दाबीमा प्रश्न चिह्न खडा गरेका छन् ।

कतिपयले त डाक्टरको पढाइ नै डिग्रीमै प्रश्न उठाएका छन् । केही चाहिँ उनको कुरामा सहमति जनाएका छन् ।

ती डाक्टरले आफ्नो ट्वीटर प्रोफाइलमा आफू एमबीबीएस तथा एमडी डाक्टर भएको उल्लेख गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?