
३ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ् फुलपिङ नगरपालिका(११ घर भइ काठमाडौंको बुढानीलकण्ठ (३ ठूलो भंगाल बस्दै आएका ४६ वर्षीय अन्दीराम इजम लिम्बू रहेका छन् ।
उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको फैसलाले लिम्बुलाई ५ दिन कैद र ३० लाख जरिवाना सुनाएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई शुक्रबार भक्तपुरको नयाँ ठिमीबाट पक्राउ गरेको जनाएको छ ।
लिम्बुले २०७४ पुस २८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी सिद्धार्थ बैंकको खाताबाट भुक्तान हुने गरी पीडितलाई ३० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4