
७ मंसिर, काठमाडौं । इमेज एचडी टेलिभिजनबाट नयाँ रियालिटी शो प्रसारण हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ प्रसारण हुने भएको हो ।
सोमबार इमेज टीभी र भ्वाइस स्टार नेपाल प्रालिबीच सम्झौता भएको छ । यो रियालिटी शोले सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका दूरदराजका प्रतिभालाई स्थान दिने निर्देशक रवि श्रेष्ठले जानकारी दिए । रविका अनुसार शोको पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरुको छनोट गरिनेछ ।
डिजिटल अडिसन पुसको पहिलो साताबाट शुरु हुने बताइएको छ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सहभागी गराइनेछ ।
२५ भागसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विजेताको घोषणा भने दर्शकको भोटको आधारमा नै गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4