+
+

पुस ६ देखि ब्याडमिन्टनको काठमाडौं टिम च्याम्पियनसिप हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते २०:२१

८ मंसिर, काठमाडौं ।  काठमाडौं ब्याडमिन्टन एकेडेमीले पुस ६ देखि ९ गतेसम्म काठमाडौं टिम च्याम्पियनसिप २०२१ आयोजना गर्दैछ ।

कुमारी बैंकको प्रायोजन रहेको च्यामिपयनसिपका लागि ८ कर्पोरेट हाउसले शीर्ष वरियतामा रहेका एक पुरुष र एक महिला खेलाडीलाई आफूसंग आवद्ध गर्ने छन् । खेलाडीहरुलाई चिट्ठाको आधारमा कर्पोरेट हाउसमा आवद्ध गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

करिब  ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुलाई दर्ता हुनेवित्तिकै २० हजार प्रदान गरिनेछ । प्रत्येक खेलबापत थप २५ सय प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरिए पनि ३५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव, नेपाल ब्याडमिन्टन संघका सदस्य एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार, उपविजेता टिमका खेलाडीले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल (वरियता प्राप्त शीर्ष ८ खेलाडीहरुबीच), महिला एकल (वरियता प्राप्त शीर्ष ८ खेलाडीहरुवीच), कर्पोरेट युगल (कर्पोरेट हाउसमा कम्तीमा २ बर्ष कार्यरत ब्यक्ति अथवा खेलाडीहरु), पुरुष युगल (शीर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी), महिला युगल (शीर्ष खेलाडी र कर्पोरेट ब्यक्ति अथवा खेलाडी) पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुने छ । जसमा पाँचमध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?