
१३ मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बीऊको उत्पादनमा परनिर्भर भए मुलुकमा खाद्य संकट आउने बताएका छन् ।
हेटौंडामा सोमबार नेपाल बीऊ व्यवसायी संघ बागमती प्रदेशको अधिवेशनलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले पहिले कृषि उपज निकासी गर्नेमा अहिले आयात गर्नपर्नु दुखद भएको बताए ।
अहिले बीऊबिजनमा विदेशीको भर पर्नुपरेको भन्दै उनले भविष्यमा ती देशले निर्यातमा रोक लगाए नेपालीले माटो खाने दिन आउने टिप्पणी गरे । ‘खेतीयोग्य जमिनमा खेती गर्नका लागि नेपालमै वातावरण पहिचान गरी बीऊ उत्पादन गर्न आवश्यक छ’ उनले भने ।
देशभरि रहेका बीऊबिजन प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरी बीऊ उत्पादनमा जोड दिन प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4