
१५ मंसिर, काठमाडौं । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।
कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको र भारतबाट वा यसतर्फ हुने अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी गराइने महानिर्देशनालयले जारी गरेको परिपत्रमा उल्लेख छ ।
‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ’, महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।’
Directorate General of Civil Aviation says it will notify its decision in due course on date of resumption of scheduled commercial international passengers airline services to/from India. It also says that situation being watched closely in view of emergence of new COVID variant. pic.twitter.com/5poCWXL8jP
— ANI (@ANI) December 1, 2021
प्रतिक्रिया 4