
काठमाडौं । महिला सशक्तिकरणका लागि युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य हुने भएको छ ।
मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि एवं सुधारका लागि मिलेर काम गर्ने उदेश्यले युनिलिभर नेपाल र माइती नेपालबीच सहकार्य भएको हो ।
माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले मंगलबार उक्त कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक मुखर्जीले महिला सशक्तिकरणका लागि आवश्यक सीपहरू प्रदान गर्दै समावेशी समाज निर्माणमा योगदान दिने बताए ।
साझेदारीअनुसार महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्यूटी पार्लर, एक्स्काभेटर चलाउने, बिक्री (सेल्स) लगायतका तालिम प्रदान गरिने छ । तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ ।
प्रतिक्रिया 4