
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बर्दियाको गुलरियामा सुविधा सम्पन्न नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ सञ्चालनमा ल्याएको छ ।
अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
यस उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले गुलरियामा नयाँ शोरुम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताए ।
ग्राहकवर्गलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्पनीको जिम्मेवारी रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4