+
+

माओवादी महाधिवेशन : निर्वाचन तालिका प्रकाशनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते ८:३४

१५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘विधान मस्यौदा पारित भएलगत्तै सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुन्छ, हामी भोटिङको लागि तयारी अवस्थामा छौं ।’

अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये ११ वटा समूहका टोली नेताले बुधबार आफ्ना धारणा राखिसकेका छन् । बाँकी टोलीले आज आफ्ना धारणा प्रस्तुत गर्नेछन् । समूहगत छलफलको निष्कर्ष सुनाउन प्रत्येक टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

प्रस्तुतिको अभिलेखीकरण गर्न तीन सदस्यीय टोली बनाइएको छ । समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?