+
+

टाइम्स र रोयल सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १९:५८

२१ पुस, काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको तीनै खेलमा अपराजित रहँदै दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा टाइम्सले कीर्तिपुरलाई ७६–५३ ले पराजित गर्‍यो । टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टिमका कप्तान सदिश प्रधानले २० अंक योगदान गरे । चारै क्वार्टर आफ्नो पक्षमा पारेको टाइम्सले क्रमशः २७–१७, १७–१३, १७–११ र १५–१२ स्कोर गर्‍यो ।

यस्तै अजय कुशवाहको १६ अंक सहयोगमा रोयलले स्कल क्यान्डीलाई ८०–६२ ले हरायो । पहिलो क्वार्टरमा २१–६ को अग्रता बनाएको रोयल दोस्रोमा १८–२१ ले पछि परेको थियो । रोयलले तेस्रोमा १८–१६ र चौथोमा २३–१९ को अग्रता लियो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा गोड्स पनि सेमिफाइनल यात्रा तय गर्न सफल भयो । गोड्सले क्याम्पियनलाई ५७–४० ले पाखा लगायो । गोड्सका मिनेश शाक्यले १५ अंक जोडे । दोस्रो क्वार्टर ८–८ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा गोड्स अघि रह्यो । गोड्सले पहिलोमा १२–११, तेस्रोमा २२–१४ र चौथोमा १५–७ को प्रदर्शन गर्‍यो ।

अर्को लिग खेलमा गोल्डेनगेटले बीएमकेलाई ७९–५७ ले हरायो । गोल्डेनगेटका विक्रम डंगोलले २७ अंक जोडे । पहिलो क्वार्टरमा १७–२२ ले पछि परेको गोल्डेनगेटले खेलमा पुनारगमन गर्दै खेल जित्यो । गोल्डेनगेटले दोस्रो क्वार्टर २०–१२, तेश्रो २५–१३ र चौथो १७–१० ले आफ्नो पक्षमा पार्‍यो ।

लिगको अन्तिम दिन बिहीबार हुने एक मात्र खेलमा कीर्तिपुरले गोल्डेनगेटको सामना गर्ने छ । यही खेलले सेमिफाइनल समीकरण तयार गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?