
युट्युबमा बच्चाको एउटा भिडियोले नयाँ कीर्तिमान कायम गरेको छ । भिडियोले युट्युबमा १० अर्ब पटक हेरिने पहिलो भिडियो बनेर कीर्तिमान कायम गरेको हो ।
बेबी शार्क शीर्षकको एक बालगीत, उसो त आम बालबालिकामा निकै लोकप्रिय छ । सोही गीतमा एउटा एक वर्षको सानो बच्चासमेत नाचेको उक्त भिडियोले हालसम्म भ्यूजमा १० अर्बको कोशेढुंगा पार गरी कीर्तिमान रचेको हो ।
यो भिडियो पहिलोपटक गत नोभेम्बरमा ७ अर्ब ४ करोड भ्युजसहित युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको भिडियो गीत बनेको थियो ।
यो बालगीत दक्षिण कोरियाली शैक्षिक कम्पनी पिंकफंगद्वारा तयार गरिएको र कोरियाली अमेरिकी गायक होम सेगोइनद्वारा प्रस्तुत गरिएको हो । सन् २०१६ मा लञ्च गरिएको यो भिडियो उतिबेलै एसियामा भाइरल हिट बनेको थियो । सन् २०१९ देखि अमेरिकामा समेत यो गीत चर्चित भयो ।
यो गीतको भिडियोमा दुईजना बच्चाहरूले शार्क डान्स प्रस्तुत गर्दछन् । यो समाचार तयार पार्दासम्म यो भिडियो १० अर्ब २ करोड ७० लाख पटक हेरिसकिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4