
७ माघ, धनगढी । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप ५६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दुई हजार दुई सय २५ जनाको नमूना परीक्षण गर्दा ५६५ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार नौ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ३७१ र तीन सय २५ जनाको पीसीआर परीक्षण गर्दा १९४ मा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्रबार कोरोना पुष्टि भएका मध्ये १६८ जना छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने अन्य सबै विभिन्न जिल्लाका स्थानीय संक्रमित हुन् ।
शुक्रबार थपिएका समेत गरेर सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ हजार ११४ जना पुगेको छ। प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ६१६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4