+

अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने

२०७८ माघ  १८ गते १४:३० २०७८ माघ १८ गते १४:३०
अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने

माघ १८, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही माघ २८ गते आयोजना हुने काठमाडौं जिल्ला तेक्वान्दो संघले जनाएको छ ।

प्रतियोगितामा विभिन्न २०० डोजाङका २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए । दुई एकल स्पर्धा समावेश गरिएको आयोजकले जनाएको छ ।

पुरुष/महिला १८ वर्षमाथि उमेर समूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले पाँच हजार, दोश्रोले तीन हजार र तेस्रो हुनेले दुई हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

माघ २३ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ भने माघ २३ देखि २६ गतेसम्म बढीमा एक मिनेट २० सेकेण्डको भिडियो सहभागीले पठाइसक्नु पर्नेछ । ।

तेक्वान्दो प्रतियोगिता पुम्से तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय