
काठमाडौं । लक्ष्मी बैंकले २०औं वार्षिकोत्सवको अवसरमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकका अनुसार सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।
यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल्य मान्यताहरुमा आधारित छ । रिलेसनसिप्स, एक्स्प्लोरर, टिमवर्क, रेस्पोन्सिबल र प्रोग्रेसिभको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकले जनाएको छ । सबै प्रतियोगी इन्ट्रिहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिने बैंकले बताएको छ ।
यो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘ माइ मोबाइल मनि’ भिडियो कन्टेस्टमा उत्साहजनक सफलता प्राप्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4