
४ फागुन, काठमाडौं । दक्षिण कोरियामा बुधबार हालसम्मकै धेरै कोभिड संक्रमित थपिएका छन् । निकै संक्रामक ओमिक्रोन भेरियन्ट फैलिने क्रम तीव्र बनेसँग दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो ।
दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केडीसीए)ले बुधबार ९० हजार ४४३ जना नयाँ संक्रमित थपिएको जनाएको छ । योसँगै त्यहाँ एक हप्ताभित्र कोभिड संक्रमितको संख्या दोब्बरले बढेको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट व्यापक रुपमा फैलिन थालेसँगै एक हप्ताभित्रै संक्रमितको संख्या दोब्बरले बढेको हो ।
तर, दक्षिण कोरियामा दैनिक संक्रमितको संख्याले नयाँ-नयाँ रेकर्ड बनाए पनि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या भने तुलनात्मक रुपमा कम छ । त्यहाँ हालसम्म १५ लाख ५२ हजार ८५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जबकि संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने ७ हजार २०२ पुगेको छ ।
केडीसीएको तथ्याङ्क अनुसार दक्षिण कोरियामा ८६ प्रतिशतभन्दा बढीले कोभिड खोपको पूर्ण मात्रा डोज लगाएका छन् भने बुस्टर डोज लगाउनेको संख्या ५८ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया 4