
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौतासँगै एनसीसी बैंकका भिसा कार्ड एवं मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरुले चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पतालले प्रदान गर्ने सेवामा विशेष छुट प्राप्त गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अस्पतालको ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4