
१४ चैत, काठमाडौं । च्याउको अनुसन्धान एवं अध्ययनमा सहकार्य गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।
बहुमूल्य रैथाने जंगली च्याउहरूको मूल्य अभिवृद्धिकरण खेती प्रविधि विकास गर्ने र अन्य प्रमुख आयातित च्याउहरूको ठाउँ सुहाउँदो सरलता तथा उन्नत खेती प्रविधिको विकास गरी च्याउ उत्पादकहरूमा हस्तान्तरण गर्ने उद्देश्यले नास्ट र मसरुम सीड नेपालबीच सहकार्य भएको मसरुम सीडका डाइरेक्टर आकाश वाडेले बताए ।
राष्ट्रिय च्याउ उद्योगलाई उपयोगी हुने अनुसन्धान तथा विकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन सहमत भई सहकार्यका लागि समझदारी गरेको उनको भनाइ छ । सोसम्बन्धी समझदारी पत्रमा नास्टका विज्ञान संकायका प्रमुख डा. कान्ति श्रेष्ठ र मसरुम सीड नेपालका आकाश वाडेले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात नेपालमा च्याउ सम्बन्धी अध्ययन अनुसन्धान गर्न थप जिम्मेवारी प्राप्त भएको र उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि एक वर्षसम्म कायम रहने उनले बताए ।
सम्झौताअनुसार नास्टले च्याउसम्बन्धी प्राविधिक अनुसन्धानहरूमा नेतृत्वदायी भूमिका खेल्नेछ भने नास्टमा उपलब्ध स्रोत र साधान च्याउ अनुसन्धानका लागि उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया 4