
१७ चैत, काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4