+
+

राष्ट्रिय लोकदोहोरी महोत्सव सकियो, गण्डकी दोहोरी साँझ बन्यो विजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १७:२७

काठमाडौं । दिलीप थापामगर बीमाकुमारी अनुरागीको गण्डकी दोहोरी साँझ राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ को विजेता बनेको छ । बिहीबार काठमाडौंको टुँडिखेलमा सम्पन्न महोत्सवमा ६७ वटा समूहलाई पछि सार्दै गण्डकीले प्रथम स्थान हासिल गरेको हो ।

यस्तै प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारीको जुनकिरी दोहोरी साँझ दोस्रो स्थान हासिल ग¥यो भने सरोज सिंखडा र सीता घिमिरेको रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापामगरेको डालीमा दोहोरी साँझ तेस्रो भए ।

दुई समूहको आग्रह बमोजिम सान्त्वनाको प्रतिस्पर्धा नगराई तेस्रोमा राखिएको निर्णायक समितिका संयोजक एवं गायक पुरुषोत्तम न्यौपानेले बताए ।

प्रतियोगितामा पहिलो हुनेले ५ लाख, दोस्रो हुनेले ४ लाख र तेस्रो हुनेले ३ लाख रुपैयाँ नगद प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुशासित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो ।

मुलुकका सबै जाति र भूगोलको लोक संस्कृतिको जगेर्नाका साथै लोक संगीत र सांस्कृति पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको महोत्सव तीन दिनसम्म चलेको थियो । महोत्सवको आयोजक डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिज हो । महोत्सव लोक संगीत क्षेत्रका चर्चित कलाकारहरुले समेत सांगीतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?