१२ वैशाख, इलाम । नेकपा एमालेको तर्फबाट इलाम नगरपालिकाको मेयरमा टिकट पाएका नरेन्द्रनाथ भट्टराईको टिकट खोसिएको छ ।
भट्टराईको सट्टामा धिरेन चेम्जोङले एमालेकोतर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
भट्टराईले मेयरको टिकट पाएलगत्तै एमालेको असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।
तर पछि एमालेको प्रदेश कमिटीले भट्टराईको टिकट खोसेर मेयरमा चेम्जोङलाई टिकट दिएपछि ताला खोलेर एमाले कार्यकर्ता मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
भट्टराईले बिचमा एमाले छाडेर अर्कै पार्टीमा गएको र पछि एमालेमा फर्किएको भन्दै एमाले भित्रैबाट असन्तुष्टि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4