
काठमाडौं । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा मोरङमा करिब २५ प्रतिशत मत खसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म करिब २५ प्रतिशत मत खसेको हो ।
उनका अनुसार मोरङका १७ वटै स्थानीय तहका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ‘साँघुरो मतदान स्थलमा केही भीडभाड छ । अन्यत्र सामान्य रुपमा मतदान भइरहेको छ,’ प्रजिअ दाहालले भने ।
देशका ७५३ वटै स्थानीय तहमा शुक्रबार मतदान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4