
३० बैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा मोरङमा ६५ प्रतिशत मत खसेको छ । १७ वटा पालिकामा शुक्रबार बेलुका ५ बजेसम्म करिब ६५ मत खसेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार मतदान केन्द्रहरूमा मतदाताको लाइन लामो भएका कारण मतदान सकिएको छैन । उनका अनुसार जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान छ ।
‘हामीलाई प्राप्त विवरण अनुसार बेलुका ५ बजेसम्म ६५ प्रतिशत हाराहारी मत खसेको छ,’ उनले भने,‘ मतदान केन्द्रमा अझै लाइन छ, ७० प्रतिशत हाराहारी मतदान हुनसक्छ ।’
सबै मतदानस्थलमा बिनाअवरोध शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । मोरङमा मतदान प्रक्रियामा सहभागी हुन पाउने मतदाताको सङ्ख्या सात लाख १५ हजार २ सय २३ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4