
२ जेठ, काठमाडौ । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे । एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन् ।
उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन् ।
कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएर हारबाट गुज्रिनुपर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4