
३ जेठ, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका सन्तबहादुर तामाङ र उपाध्यक्षमा मञ्जु बुढाथोकी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित तामाङले ३ हजार ७५९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित बुढाथोकीले ३ हजार २०३ मत ल्याउँदा नेकपा एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4