
६ जेठ, महोत्तरी । महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।
मेयरमा जसपाका दिपेन्द्र महतो ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५१३२ मत ल्याए ।
मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन् ।
यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८४५५ मतका साथ विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५०४७ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4