+
+

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:०१

१३ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई दिन बढेको बजार बजेट अगाडि भने करेक्सन भएको हो । शुक्रबार १५.८२ अंकले घटेको बजार २२२३.७८ विन्दुमा झरेर रोकिएको छ ।

बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने वृद्धि भएको छ । यस दिन कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएको छ ।

शुक्रबार कारोबार रकम १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको भएको छ । होटल र पर्यटनबाहेक अन्य उपसमूह भने राताम्य रह्यो ।

शुक्रबार रुरु जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ६.१३ प्रतिशतले बढेर ९ सय रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोसहितका कम्पनीको सेयर मूल्य समेत बढेको छ ।

यस दिन दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ३.७५ प्रतिशतले घटेर २३१ रुपैयाँमा झरेको छ । हिमाल दोलखा हाइड्रो, कर्णाली विकास बैंक माथिल्लो तामाकोशीसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?