
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडक फराकिलो बनाइँदै । फाइल तस्वीर
२० जेठ, पोखरा । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड यही जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।
सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ ।
राति ११ बजे अगाडि र बिहान ४ बजे पछाडिको समयमा मात्र सो सडकखण्डमा गाडी चलाउन आयोजनाले आग्रह गरेको छ ।
हाल मुग्लिन–पोखरा सडकखण्डका बिभिन्न स्थानमा सडक फराकिलो बनाउने र मर्मत गर्ने काम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4