
२० जेठ, बुटवल । रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । शुक्रबार ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए ।
निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।
सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा एमालेका १२ जना, नेपाली कांग्रेसका ४ जना र नेकपा माओवादी केन्द्रका एक जना रहेका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुख र ३ जना वडा अध्यक्ष तथा माओवादी केन्द्रका एक वडाध्यक्ष रहेका छन् ।
यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4