+

कोरोना संक्रमण भएपछि विलियम्सनले इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट गुमाउने

२०७९ जेठ  २७ गते १४:२४ २०७९ जेठ २७ गते १४:२४
कोरोना संक्रमण भएपछि विलियम्सनले इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट गुमाउने

२७ जेठ, काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियमसनले इंग्लयाण्ड विरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । खेलअघिको परीक्षणमा संक्रमण पत्ता लागेपछि शुक्रबारदेखि टेन्ट ब्रिजमा सुरु हुने दोस्रो टेष्ट गुमाउने भएका हुन्

विहीबार सामान्य लक्षण देखिएपछि विलियम्सनको र्‍यापिड एन्टिजेन परीक्षण गरिएको थियो । कोभिड१९ पोजेटिभ देखिएपछि अब उनले ५ दिन आइसोलेसनमा बिताउनुपर्नेछ ।

विलियमसनको अनुपस्थितीमा टम लाथमले न्युजिल्याण्डको कप्तानी सम्हाल्नेछन् भने हामिस रुथरफोर्डलाई टिममा समावेश गरिएको छ ।

‘महत्त्वपूर्ण खेलको पूर्वसन्ध्यामा केन टिमबाट बाहिरिन बाध्य हुनु भनेको केनका लागि कठिन समय हो,’ न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले भने, ‘हामी सबै यस समयमा उनी कति निराश छन् भनेर अनुभव गर्न सक्छौं ।’

स्टेडले टिममा राखिएको हामिस यसअघि पनि टेष्ट टिममा रहेको र टी२० भाइटालिटी ब्लास्टमा लेस्टरसायरका फक्सका लागि खेलिरहेका खेलाडी रहेको बताए ।

विलियमसन बाहेक न्युजिल्याण्डका अरु खेलाडीको परीक्षणमा नेगेटिभ नतिजा आएको छ । तीन खेलको टेष्ट शृंखलामा न्युजिल्याण्ड १–० ले पछि छ ।

केन विलियमसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय