
२९ जेठ, काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको पूर्ण कार्यसमिति असार महिनाभरमा गठन हुने बचन दिएका छन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई संघको पूर्ण कार्यसमिति गठन हुने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेट्न पुगेका शेर्पाले अनलाइनखबरसँग भने,‘असार महिनाभित्र नेविसंघको पूर्ण कार्यसमिति आउँछ भन्नुभएको छ ।’
विधान अनुसार अथवा नेताहरुको सहमतिमा जुन प्रकृतिको भएपनि कार्यसमितिलाई पूर्णता प्रदान गर्न शेर्पाले सभापति देउवासँग आग्रह गरेका थिए ।
संघको गतिविधि, केन्द्रीय समितिको विस्तार, त्रिविको तालबन्दी खुला,संस्कृत विश्वविद्यालयका समस्या, त्रिविमा उच्च स्तरीय छानबिन समिति गठन, संघको सदस्यता वितरण लगायतका विषयमा छलफल भएको शेर्पाले बताए ।
९ चैतमा संघको अध्यक्षमा दुजाङलाई मनोनित गरिएको थियो । यस वीचमा संघको केन्द्रीय नेतृत्व एक जनामा मात्रै सीमिति थियो ।
प्रतिक्रिया 4