
काठमाडौं । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को छायांकन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको धुम्बाराहीमा शुक्रबार महजोडीको दृश्य छायांकन गरियो । ४० दिनको छायांकन तालिका रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।
म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय छ ।
‘समाजले मान्छेले कि महापुरुष बनाउँछ कि मान्छे भएर बाँच्न दिंदैन । यसले सामाजिक मूल्यलाई प्रश्न गर्छ । तिनै प्रश्न नै महापुरुष हो,’ निर्माता तथा अभिनेता बानियाँले अनलाइनखबरलाई भने ।
फिल्म बाबु–छोराबीचको सम्बन्धमा आधारित छ । ‘डाकिनी’ निर्माण रहेका बानियाँ र खत्रीले नयाँ प्रोजेक्टमा सहकार्य गरेका हुन् ।
प्रतिक्रिया 4