
काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको फाइनलमा परमिता राणा र जेडी तमु, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रीति आले र शेखर घर्तीमगरको जोडी प्रवेश गरेको छ । शोको फिनाले असार १४ गते हुनेछ ।
शनिबार राति भएको सेमिफाइनलबाट अमर दाहाल-अमृत दाहाल र केविका खत्रीको जोडी बाहिरिएको छ । उक्त सेमिफाइनल एपिसोड मर्मस्पर्शी र भावुक देखिएको थियो । तीनैजना निर्णायक भावुक देखिएका थिए ।
प्रतिस्पर्धाबाट बाहिरिएपछि बोल्दै कोरियोग्राफर खत्रीले भनिन्, ‘सुरुमा म आफैंलाई शंका गरेकी थिएँ, जब उहाँहरु (अमर र अमृत)लाई पाएँ अनि मैले आफूलाई लक्की महसुस गरें ।’
नृत्यमा आधारित यो रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4