
७ असार, काठमाडौं । सरकारले विनोद प्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
वरिष्ठ सहसचिव सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनलाई लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी अध्यक्ष रहेको बढुवा समितिले हालै बढुवा गर्न सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4