
२९ असार, काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा विद्यार्थी भर्नादर घटेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ८४ प्रतिशत भर्ना दर रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा ६३ प्रतिशतमा झरेको छ ।
सामुदायिक विद्यालयमा अनुमति प्राप्त कोटा संख्याको तुलनामा ५० प्रतिशत मात्र विद्यार्थी भर्ना भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयले विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या घट्दै गएकाले प्राविधिक जनशक्तिको माग र आपूर्तिको विश्लेषण गरी तालिम प्रदायक संस्थालाई सम्बन्धन तथा अनुमति दिनुर्ने सुझाव दिएको छ ।
कुल भर्ना क्षमतामध्ये निजी संस्थामा ४३.७४, सामुदायिक विद्यालयमा ४०.८० र आंगिक तथा साझेदारी संस्थामा १५.४६ प्रतिशत रहेको छ ।
पेशागत आधारमा विद्यार्थी भर्ना दर इन्जिनियरिङमा ३८.६०, स्वास्थ्यमा २७.६३, कृषिमा २९.८८ र होटल व्यवस्थाप तथा अन्यमा ३.८९ प्रतिशत रहेको जनाएको छ ।
प्रतिक्रिया 4