+
+

मोडल वाच : लभबर्ड सौगात र सृष्टि !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:५९

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ रिल मात्र हैन, रियल लाइफमा समेत प्रेम सम्बन्धमा छन् । यी दुईको रसायन पर्दामा मात्र हैन, वास्तविक जीवनमा पनि अनुभूति हुन्छ ।

स्वभाव, दृष्टिकोण र योजना मिलेको जोडी । ६ वर्षदेखि रिलेसनसिपमा रहेका सौगात र सृष्टिले यस वर्ष विवाहको योजना बुनेका छन् । अनलाइनखबरको स्टुडियोमा गफिंदै उनीहरुले विवाहको योजना, आफूहरुको पहिलो होमप्रोडक्सन फिल्म ‘राधा’देखि अभिनयका किस्सा बुने ।

दुवैलाई लाग्छ, प्रेम सम्बन्धले कलाकारिता र सिर्जनशीलतामा कुनै अवरोध पुर्‍याएको छैन । सृष्टि त सौगातसँगको सम्बन्धले झनै आफूलाई काम गर्न प्रेरणा र ऊर्जा मिलेको बताउँछिन् ।

पूर्वमिस नेपाल सृष्टिको सौन्दर्य नेपालमा मात्र हैन भारत लगायतका मुलुकमा समेत चर्चित छ । नेपाली फिल्म, नाटकदेखि भारतीय म्युजिक भिडियोसम्म उनले काम गरेकी छन् । सौगात त यतिबेलाका सबैभन्दा माग भएका नेपाली अभिनेता ।

चाँडै बिहेको मिति छिनोफानो गर्ने तयारीमा रहेका उनीहरुले सुनाए, ‘अब चाँडै एक हुँदैछौं र मिति कन्फर्म भएपछि जानकारी दिनेछौं ।’ सौगात र सृष्टिको अभिनय र निर्माण रहेको फिल्म राधा भदौ १० देखि तीज छेकोमा देशव्यापी प्रदर्शन हुँदैछ ।

तस्वीर : आर्यन धिमा/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?