
३१ साउन, काठमाडौं । पार्टी भित्रका समूह र नेताहरुलाई भाग पुर्याउने गरि कांग्रेसमा महिला केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवाले थपेका छन् ।
रिक्त २० जना केन्द्रीय सदस्यमा देउवाले मंगलबार १० जना महिला सदस्य थपेका छन् । विधान अनुसार ३३ प्रतिशत महिला पुर्याउनका लागि थप ३ जना केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ ।
सभापति देउवाले मंगलबार मनोनित गरेका १० मध्ये संस्थापन, नेता डा शेखर कोइराला पक्ष, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई भाग पुर्याएका छन् । संस्थापन पक्षलाई ४, शेखर पक्षलाई २, महामन्त्री शर्मा, नेताहरु सिटौला,शशांक र प्रकाशमान पक्षका १÷१ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
संस्थापन पक्षबाट राधा घले, सीता देवकोटा, गंगा शाही र लक्ष्मी खतिवडा मनोनित भएका छन् । शेखर पक्षबाट किरण यादव र रुक्मिणी कोइराला केन्द्रीय सदस्य बनेका छन् ।
केन्द्रीय सदस्यमा मनोनित हुने गोमा भट्टराई महामन्त्री विश्वप्रकाश शर्मा नजिक छन् । मनोनित सिटौला निकट धना खतिवडाले केन्द्रीय सदस्य हुने अवसर पाएकी छन् । नेता डा शशांक कोइराला निकट उर्मिला थपलिया केन्द्रीय सदस्य बनिन् । कल्याणी रिजाल नेता प्रकाशमान सिंह पक्षीय हुन् ।
प्रतिक्रिया 4