
काठमाडौं । विनिता ढकाल ‘सिम्रन’ र डीबी खड्काको स्वरमा तीजगीत ‘तीज आयो’ सार्वजनिक भएको छ । शंकर के राईको शब्द रचना रहेको गीतमा डीबी खड्काको संगीत र राजेन्द्र बजगाईंको एरेन्ज रहेको छ ।
निराशाबीच आशाको सञ्चार देखिने भाव समेटिएको गीतको भिडियोमा गायिका विनिता, गायक डीबीका साथै राम भजन कामत, प्रकाश कट्टेल, सावित्री बीसी र गंगा धिमाल आचार्यले अभिनय गरेका छन् । भिडियोका निर्देशक सुमन सागरजंग केसी हुन् ।
प्रवेश पोखरेलले खिचेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् । गीत रियाशा इन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4