
१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मखनको सुरज अर्केडसँगैका चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट पनि खाली गर्न निर्देशन दिएको छ । सुरज अर्केडको बेसमेन्ट खाली गर्न पुगेको टोलीले त्यहाँ रहेका अरु तीन वटा भवनहरु खाली गर्न निर्देशन दिएको हो ।
नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा अन्य भवनको भूमिगत पार्किङमा पनि पसलहरु चलाएको भेटाएलगत्तै तुरुनतै खाली गर्न निर्देशन दिएको हो । व्यापारीहरुले तुरुन्तै पसल खाली गरेर हट्ने प्रतिवद्धता जनाएका छन् ।
नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामान बाहिर निकालिरहेका छन् ।
महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए ।
तस्वीर : चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4