
१६ भदौ, लमजुङ । प्रहरीले अवैध भरुवा बन्दुक लुकाइ-छिपाइ राखेको र मानिसहरुलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथार गाउँपालिका-८ घाम्राङ घर भई हाल सोही गाउँपालिका-९ बस्ने २७ वर्षीय यमबहादुर राना मगर रहेका छन् ।
उनलाई विशेष सूराकको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले बन्दुकमा रहेको ९ वटा छर्राको १८.५ ग्राम, कालो बारूद ४.९ ग्राम र कपडाको गज बरामद गरेको छ ।
पक्रुाउ परेका उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4